नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र जनभावनाको रक्षा गर्न संसद पुनःस्थापना गर्नुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल, रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुको विकल्प नभएको बताए।
पौडेलका अनुसार संसद पुनःस्थापनाले संविधानलाई जोगाउने मात्र होइन, जेन–जी पुस्ता लगायत सबै तहको माग र आकांक्षा सम्बोधन गर्न पनि आवश्यक छ।
उनले भदौ २३ गते जेन–जी युवा पुस्ताको हत्याको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे। साथै भदौ २४ गते भएको आगजनी र तोडफोड घटनाको पनि छानबिन गरी कानूनी कारबाही गर्नुपर्नेमा जोड दिए।
पौडेलले आगामी एमाले महाधिवेशनमा पार्टी नेतृत्व सर्वसम्मत रूपमा चयन हुने विश्वास समेत व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस