मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको सञ्चालक समितिको हिजो आइतबार (फागुन १४ गते) बसेको बैठकले चैत १६ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
सो सभा रुपन्देहीको सिद्धार्थनगर–६ स्थित् होटेल पौवामा आयोजना हुनेछ। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँको कुल ५ प्रतिशतले हुन आउने ७० लाख ८७ हजार २७५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
प्रस्तावित लाभांशमा ४.७५ प्रतिशतले हुन आउने ६७ लाख ३२ हजार ९११.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ३६३.७५ रुपैयाँबराबरको नगद लाभांश छन्। सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस