Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सले फागुन १७ बाट एकीकृत कारोबार सुरु गर्ने

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १२ : ३८ मा प्रकाशित

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सले फागुन १७ बाट एकीकृत कारोबार सुरु गर्ने

प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले यही फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेका छन् ।

आपसमा मर्जरमा जाने अन्तिम सहमति गरिसकेका दुई बीमा कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएसँगै अब फागुन १७ गतेबाट एकीकृत कारोबार गर्ने निर्णय गरेका हुन् ।

दुवै कम्पनीले अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. को नामबाट निर्जीवन बीमाको कारोबार गर्ने छन् । यही फागुन ११ गते सम्पन्न भएको एकीकृत मर्जर कमिटीको बैठकको निर्णय बमोजिम फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको दुवै कम्पनीले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको