Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १० : ४२ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रिमियर इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीलाई सिद्धार्थ इन्स्योरेन्सले प्राप्ति गरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट भोलि फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ।  त्यसैले, मर्जर प्रयोजनका लागि नेप्सेले आज फागुन १६ गतेदेखि प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

नेप्सेले जारी गरेको पत्रमा भनिएको छः

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. र सिद्धार्थ इन्स्योरेन्स लि. आपसमा गाभ्ने/गाभिने प्रकृया सम्पन्न भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामवाट केन्द्रिय कार्यालय का.म.पा.११ ववरमहलमा रहने गरी मिति २०७९/११/१७ गते बुधवार देखि निर्जीवन वीमा सेबाको एकिकृत कारोवार सञ्चालन गर्न लागेको हुदा धितो पत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती सम्वन्धी निर्देशिका २०७९ को दफा ९(२) को प्रयोजनको लागि ऐ. निर्देशिका २०७९ को दफा ९(३) बमोजिम शेयर कारोवार रोक्का राख्न यो निवेदन पेश गरेका छु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको