Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप यी ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १६ : ०७ मा प्रकाशित

नेप्सेमा थप यी ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोल्टी होटल लिमिटेडको साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त प्रतिशत दरका कुल ४२ लाख १३ हजार ५३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले कारोबार गर्न पाउनेछन् । 

त्यस्तै मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। 
सो प्रतिशत दरका कुल १२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले कारोबार गर्न पाउनेछन् । 

त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभाबाट पारित भएको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ११ लाख ५७ हजार ६ सय ९६ कित्ता बोनस सेयर सूचीकृत भएको हो। उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले कारोबार गर्न पाउनेछन् । 

त्यस्तै प्रिमियर इन्स्योनेन्स कपनी लिमिटेडको साधारण सभाबाट पारित भएको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल १७ लाख ४९ हजार ४ सय ५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो। उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले कारोबार गर्न पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको