Like us!
Follow us!
Connect us!
Watch us!

बजारले पचायो विष्णु पौडेलको बर्हिगमन

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १५ : २१ मा प्रकाशित

बजारले पचायो विष्णु पौडेलको बर्हिगमन

एमालेले सरकारबाट बाहिरिने निर्णय गरिसकेपछी नेप्सेमा तिब्र गिरावट आएको थियो। खासगरी विष्णु पौडेल अर्थमन्त्रीबाट बाहिरीएपछि बजारमा ठूलो गिरावट आउने त्रासले बजारमा सेलिङ्ग प्रेसर आयो। तर बजार निकै घटेर बन्द हुने आम लगानीकर्ताको अनुमान विपरित आज बजार झिनो अंकले मात्रै घटेर बन्द भएको छ। 

राष्ट्र बैंकको सर्कुलरले लघुवित्त कम्पनीहरुमा व्यापक गिरावट आईरहंदा माओवादी एमाले गठबन्धन टुट्दै ८ दलिय गठबन्धन बनेको कुराले बजार १९६० को बिन्दुसम्म पनि खसेको थियो। प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादीले कांग्रेस लगायतका दलसंग गठबन्धन गरिसकेपछि पनि एमालेले सरकारमै रहने निर्णय गरेको थियो। तर आज एमालेले सरकार छोड्ने निर्णय गरिसकेपछि अब बजारले राजनीतिक समीकरण र सरकार परिवर्तनको कुरालाई पचाएको एक लगानीकर्ताले अर्थसंसारलाई बताए।

आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओरालो लागेको छ । आज ३.६५ अंकले घटेको नेप्से २,०२३ दशमलव ५४ विन्दुमा बन्द भएको हो। 

हिजो  (आइतबार) नेप्से ४.५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ विन्दुमा बन्द भएको थियो । आज नेप्सेमा एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ७१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको