Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रालय कांग्रेसको भागमा पर्ने पक्का, उपसभापति खड्काको सम्भावना बलियो

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, ०५ : ४६ मा प्रकाशित

अर्थमन्त्रालय कांग्रेसको भागमा पर्ने पक्का, उपसभापति खड्काको सम्भावना बलियो

सरकारबाट नेकपा एमाले बाहिरिए सँगै अहिले सरकार पुनरगठनको प्रक्रिया अगाडि बढाउने तयारीमा प्रधानमत्री प्रचण्ड  जुटेका छन् । 

तत्काल सबै मन्त्रालयमा मन्त्री नियुक्त नगरेपनि सबै दलबाट प्रतिनिधित्व हुनेगरी राष्ट्रपति निर्वाचन अगाडिनै केही मन्त्री नियुक्त गर्ने तयारी गठबन्धनको छ । सरकारको नेतृत्व गरेको माओवादीले नै गृहमन्त्रालय पाउने सहमति दलहरुका बीचमा मोटामोटी भइसकेको छ ।

नेकपा एमालेले सम्हालेका मन्त्रालयहरू नेपाली कांग्रेसले पाउन सक्ने देखिन्छ । दलहरुका बीचमा यो विषयमा मोटामोटी सहमति समेत भइसकेको स्रोतको दाबी छ । अहिले १६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् । 

अब एमालेले पाएका मन्त्रालयमा कांग्रेसले पाउने भएपछि अर्थमन्त्री पनि कांग्रेसले नै पाउने छ । अहिले कांग्रेसबाट पार्टीको नेतृत्व गरेर उपसभापति पूर्ण बहादुर खड्का सरकारमा सहभागि हुन सक्ने स्रोत को दाबी छ । 

अहिलेको नयाँ गठबंधन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका खड्कालाई प्रधानमन्त्री प्रचण्ड समेत सरकारमा सहभागी बनाउन चाहान्छ। खड्काले यसअघिनै मन्त्री नबन्ने घोषणा गरेकाले उनलाई उपप्रधानमन्त्री सहित मन्त्रीमण्डलमा दोस्रो बरियता दिएर भएपनि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री र कांग्रेस सभापति देउबाको छ । 

पूर्वगृहमन्त्री समेत रहेका खड्काले उपप्रधानमन्त्री सहित अर्थमन्त्रालय लिने सक्ने देखिन्छ । 'पार्टी भित्र पुर्णबहादुर दाईको नेतृत्वमा सरकारमा जाने कुरामा कुनै पनि विवाद छैन प्रधानमन्त्री पनि कांग्रेसबाट उच्च तहकै नेतृत्वको सरकारमा सहभागिता होस् भन्ने चाहानुहुन्छ त्यसैले कुनै ठुलै परिवर्तन भएन भने पुर्ण दाई नै पार्टीको नेतृत्व गर्दै सरकारमा जानुहुन्छ' कांग्रेसका एक नेताले अर्थसंसारसंग भने । 

यदि खड्का आँफै सरकारमा जान चाहेनन् भने अन्य विकल्पका रुपमा छलफल होला तर तत्कालका लागि उनकै नेतृत्वमा कांग्रेस प्रचण्ड सरकारमा सहभागि हुनसक्ने संभावना बलियो देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको