Like us!
Follow us!
Connect us!
Watch us!

एक हजार रुपैयाँ बोकेर काठमाडौँ छिरेका कुन्दन सिंहको सहकारी अध्यक्षसम्मको यात्रा

भूमिका विष्ट

मंगलबार, १६ फागुन २०७९, १२ : २२ मा प्रकाशित

एक हजार रुपैयाँ बोकेर काठमाडौँ छिरेका कुन्दन सिंहको सहकारी अध्यक्षसम्मको यात्रा

आज भन्दा २१ बर्ष अगाडी एक हजार रुपैयाँ लिएर काठमाडौं आएका महोत्तरीका कुन्दन सिंह १५ बर्षको मेहनतपछि उनी एक सफल व्यवसायी भएका छन् । महोत्तरीको मनरा शिसवा नगरपालिकाका–८ मा जन्मेका कुन्दन सिंह आजको दिनसम्म आइपुग्दाँ काठमाडौंमा आफनो एक पहिचान बनाउन सफल भएका हुन् । उनी आज एक व्यवसायी मात्र होइनन् उनी अहिले सहकारीका अध्यक्षसमेत हुन् ।

१८ बर्षको उमेरमा महोत्तरीबाट काठमाडौं आएका सिंह आज लाखौ रुपैयाँ कमाउने मात्र होईन् उनी गाउँबाट हजारौँ सपना बोकेर शहर पस्नेहरुका लागि एक प्रेरणादयि पात्र पनि हुन्  । 

२०३६ मंसिर २४ गते महोत्तरीको मनरा शिसवा नगरपालिकाका–८ मा जन्मेका हन् कुन्दन सिंह । उनी ४५ जनाको सयुक्त परिवारमा हुर्किएका हुन् । ४५ जनाको सिंहको परिवार खेतिपातीमा निर्भर थियो । परिवारमा उनका बुबाका भाइहरु उनका हजुरबुबाहरू सबै एउटै छानामुनि बस्ने गर्थे ।  सिंहका बुबा श्याम सुन्दर सिंह गाउँपालिकाका सचिव थिए । परिवार जेनतेन चलिरहेको थियो । सानैदेखी पढाईमा अब्बल सिंहलाई घरपरिवारबाट सरकारी जागिरे हुनु पर्छ भन्ने दवाब थियो । सानैदेखी आर्थिक कठिनाइबाट गुज्रीरहेका सिंह भने सानैदेखी व्यवसायी बन्न चाहान्थे । 

सिंहले प्रारम्भिक शिक्षा जलेश्वरको ल.च.मु माविबाट एसएलसी पास गरे । उनले भारतको मध्वापुर मधुवनीबाट जन्संख्यामा +२ पास गरे । आमाबुबाको सोच उनी सरकारी जागिर भैदिए हुन्थ्यो भन्ने थियो । तर, माथिल्लो तहँको शिक्षाको लागि घरको आर्थिक अवस्थाले नभ्याउने भएको हुदाँ उनी आफैले उच्च शिक्षा गर्न चाहेनन् । घर आर्थिक अवस्थालाई देखेर उनले आफै एक व्यापारी बन्न सक्ने सोच बनाई उनी २०५८ सालमा काठमाडौ आएँ । 

काठमाडौंमा आएपछि व्यवसायी बन्ने खुड्किलो उनका लागी सुपर मार्केट बन्न पुग्यौं । सुरुमा डिल्ली बजार सुपर मार्केटमा उनले सेल्स मेनको जागिर गरे जहाँ उनलाई ३५ सयमा खान बस्न सबै दिइएको थियो । त्यहाँ काम गर्दै गर्दा उनले आफु पनि कुनै दिन एक सफल व्यवसायी बन्न सक्छु भन्ने कुरा मनमा सोचिसकेका थिए । त्यहाँ उनले २ बर्ष जति काम गरे । 

त्यसपछि होल्सेलबाट खुद्रा सामानहरु पसलमा पसलहरुमा बेच्ने काम सुरु गरे  । त्यसरी उनले २ बर्ष काम गरे त्यसका साथै उनले होलसेल फनिर्चरहरु सप्लाई गर्न थाले जसबाट उनलाई ५ देखी १० प्रतिशत जति फाइदा हुन्थ्यो । 

त्यसपछि उनले ट्याक्सिहरुको व्यवसाय गर्ने बिचार गरे २४ बर्षका उमेरमा सिंह ७ प्रतिशतको ब्याजदरले नेपाल बैंकबाट ८ लाख रुपैया ऋर्ण लिएँ । उनले ६ वटा ट्याक्सिहरु किने र व्यवसाय सुरु गरे । त्यो व्यवसायबाट उनलाई राम्रै फाइदा पनि भयो । त्यसैले बैंकको ब्याज पनि उनले सहजै तिर्न सके । यसरी उनले ५ बर्षसम्म सोहि व्यवसायमा लागिरहे । त्यसपछि उनले ती सब गाडीहरु २४ लाखमा बिक्रि गरी पेट्रोल पम्पको व्यवसाय सुरु गरे । २०६५ सालको कुरा हो  सिंहले एक जना साथी सुवास बिच्छासँग मिलेर बैंकबाट लोन लिए । त्यसपछि उनले दक्षिणकाली पेट्रोल पम्पकों व्यवसाय सुरु गरे । त्यो व्यवसाय उनले ५ बर्ष सम्म सञ्चालन गरे ।

 यसरी उनले १५ बर्षसम्म काम गरे । अहिलेपनि उनले विभिन्न ठाउँहरुमा टेन्डर हाल्ने र ठेक्का पार्ने काम गर्ने गर्छन् । उनको मेहिनत र लगनशिलताले गर्दा उनले साथीहरुको सहयोगमा राम सिता बहुउद्देश्यीय सहकारी संस्था खोले । र, उक्त सहकारीको अध्यक्षसमेत बने । अहिले उनी त्यहाँ अध्यक्ष भएर आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । 

बिगतलाई सम्झँदै उनले भने, ‘आर्थिक अभावमा हुर्किएको म शहर आएर केही गर्छु भन्ने उद्देश्य बोकेको आफनो लक्ष्यबाट कहिले पछि हटिन ।’ उनी थप्छन्, ‘१८ बर्षको थिए राम्रो लगाउन, राम्रो खान मेरा पनि कयौं रहरहरू हुन्थे । रहर पुरा गर्न मैले कहिले गलत बाटो रोजिन । र, कुनैपनि कामलाई कहिले ठूलो सानो नभनी काम गरे ।’ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको