Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ०७ : ४८ मा प्रकाशित

कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गुरुङविरुद्ध १२ माघ २०७५ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री बद्रिप्रसाद न्यौपानेलगायत कांग्रेस नेता गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर भएकामा विशेष अदालतले मंगलबार नौ जनालाई दोषी ठहर गरेको हो ।

गुरुङलाई मतियारका रूपमा दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि भने २५ फागुनमा पेशी तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । मुद्दा विचाराधीन रहेकैबेला उनी गत निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए । उनी हाल निलम्बित अवस्थामा छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित शालिग्राम कोइराला र बलभद्र बास्तोलको संयुक्त इजलासले पूर्वमन्त्री तथा हाल प्रभु साह नेतृत्वको आमजनता पार्टीका नेता बद्रीप्रसाद न्यौपानेलाई पनि दोषी ठहर गरेको छ ।

दोषी ठहर हुनेमा तत्कालीन समाजकल्याण परिषद्का उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुन्जविहारीप्रसाद चौधरी, सदस्य सचिव रवीन्द्रकुमार यादव, सदस्य मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपाने छन् । त्यस्तै, रमाइलो मेला सञ्चालन गर्ने रवीन्द्र गुरुङ र परिषद्का निर्देशक मदनप्रसाद रिमाल पनि दोषी ठहर भएका छन् ।

टेकबहादुर गुरुङ सो भ्रष्टाचार मुद्दामा मतियार ठहर भएका छन् भने तत्कालीन कोषाध्यक्ष रत्न गाहा मगर, बलबहादुर स्वार, प्रेमसिंह धामी र जगदेव चौधरीले सफाइ पाएका छन् । समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग अख्तियारको थियो । राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको