अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को आर्टिकल फोर मिसनले नेपालको आर्थिक विकासका लागि मुख्यतया चार क्षेत्रमा सुधारको लागि सुझाव दिएको छ। फेब्रुअरी १५ देखि २८ सम्म काठमाडौं भ्रमण गरेको जाक्कों तुरुनेन नेतृत्वको आर्टिकल फोर मिसनले चार सुझाव दिएको हो।
आइएमफ टोलीले नेपाल सरकार र केन्द्रीय बैंकलाई सुझाव दिएको छ। दिगो मध्यकालीन विकासका लागि आर्थिक सुधारको आवश्यकता रहेको टोलीको भनाइ छ।
बैंकिङ नियम र सुपरिवेक्षणमा सुधार अगाडि बढाउनुपर्ने, व्यवसायको लागत घटाउनुपर्ने, वैदेशिक लगानीका अवरोध हटाउनुपर्ने र सुशासनलाई बढावा दिन टोलीले सुझाव दिएको आइएमएफले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
उक्त टोलीले नेपालको कसिलो माैद्रिक नीतिको समेत प्रशंसा गरेको छ। बाह्य क्षेत्रमा स्थिरता, मूल्य वृद्धिदर घटाउन माैद्रिक नीतिले सहयोग गरेको आइएमएफको निष्कर्ष छ।
पर्यटन क्षेत्रमा आएको सुधार, तुलनात्मक रूपमा बलियो कृषि क्षेत्र र विप्रेषण आप्रवाहको उत्थानशीलताले चालु आर्थिक वर्षको आर्थिक वृद्धिमा टेवा पुग्ने आइएफको भनाइ छ। यसवर्ष ४.४ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण उसले गरेको छ। मिसनले यस वर्ष आइएमएफले दिएका ऋणका शर्तहरू पालनाको समीक्षा पनि गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस