Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप यी २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १२ : २४ मा प्रकाशित

नेप्सेमा थप यी २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सानिमा बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको १०  प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त प्रतिशत दरका कुल १ करोड १३ लाख २७ हजार ३७७ दशमलव ३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।  

त्यस्तै सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। सो प्रतिशत दरका कुल ३ लाख ६४ हजार ९ सय २५ दशमलव ५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको