Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल लाइफ इन्स्योरेन्सद्वारा जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ थान सडक डिभाइडर हस्तानतरण

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १२ : ४० मा प्रकाशित

रिलायबल लाइफ इन्स्योरेन्सद्वारा जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ थान सडक डिभाइडर हस्तानतरण

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले बेला बखतमा गर्ने गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ (बाह्र) थान सडक डिभाइडर सहयोग गरेको छ । कम्पनीले हिजो जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ (बाह्र) थान सडक डिभाइडर सहयोग गरेको हो ।

उक्त हस्तानतरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्घी विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए । साथै, कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक  दिपेश बाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यस कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुरलाई सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी भएको व्यक्त गरे र फेरी पनि आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने बताए ।       

'जीवन बीमा जरुरी छ' भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको