Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीहरुले लगाए बैंकमा ताला

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १५ : ३८ मा प्रकाशित

व्यवसायीहरुले लगाए बैंकमा ताला

 पछिल्लाे समय बैंक तथा वित्तीय संस्थासँग आम सर्वसाधारणहरू धेरै कुराले आक्रोसित हुँदै आइरहेका छन् ।

विशेषगरी उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाविरूद्ध चरम असन्तुष्टी जनाउँदै आएका छन् । बैंकको व्याजदरले व्यवसाय सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै केही समय अघिदेखिनै नेपालभरमा विभिन्न ठाउँमा चरणबद्ध रूपमा अनेकौँ आन्दोलन गरिरहेका छन् ।

आज पनि उद्योगी व्यवसायीहरुले बैंकका शाखा कार्यालयमा ताला लगाएका छन् । बैंकको ब्याजदर अस्वभाविक रुपमा बढिरहेको भन्दै आन्दोलित उद्योगी व्यवसायीहरुले बिहीबार कैलालीको धनगढीमा रहेका बैंकका शाखा कार्यालयहरुमा तालाबन्दी गरेका हुन् ।

बैंकका शाखा कार्यालयहरुमा तालाबन्दी भएपछि निक्षेप संकलन, भूक्तानी तथा ब्याज संकलनको काम प्रभावित बनेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको