Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १५ : ५२ मा प्रकाशित

स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले चैत ११ गते, बिहान ११ः३० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा १४ औं वार्षिक साधारण सभा बोलाएको हो । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले फागुन ३० गते देखि चैत ११ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश पाउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको