Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेन्डा

अर्थ संसार

शनिबार, ११ चैत्र २०७९, ०७ : ४८ मा प्रकाशित

स्वरोजगार लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेन्डा

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा आज शनिबार चैत ११ गते बस्दैछ । संस्थाको फागुन १७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे बस्दैछ ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आव २०७८/७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतबा वित्तीय विवरणमाथि छलफल गर्न प्रस्ताव लैजानेछ । साथै चालु आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको