Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले समता र स्वरोजगार लघुवित्तलाई मर्जरका लागि दियो सैद्धान्तिक सहमति

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, ११ : ११ मा प्रकाशित

राष्ट्र बैंकले समता र स्वरोजगार लघुवित्तलाई मर्जरका लागि दियो सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । केन्द्रिय बैंकले फागुन २८ गते यी दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

गत पुस १८ गते यी दुई कम्पनीले मर्जरका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । हाल समता घरेलु लघुवित्तको चुक्तापूँजी ३४ करोड २७ लाख ४४ हजार रहेको छ ।

सोही पूँजीको आधारमा कम्पनीले १५ % बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । बोनससँगै कर समेत ३ % नगद लाभांश वितरणको प्रस्ताव समेत समता घरेलु लघुवित्तले चैत ११ गते नवौं वार्षिक साधारणसभाबाट पारित गर्दैछ ।

त्यस्तै स्वरोजगार लघुवित्तले पनि चैत ११ गते २२ % बोनस सेयर र कर प्रयोजनका लागि समेत १.१६ % नगद लाभांश प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गर्दैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको