Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालको गम्भीर आरोप- राष्ट्रपति भण्डारी अरुकै इसारामा चल्नुभयो

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १६ : ११ मा प्रकाशित

राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालको गम्भीर आरोप- राष्ट्रपति भण्डारी अरुकै इसारामा चल्नुभयो

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन् । आज (बिहीबार) सिंहदरबारस्थित् आफ्नो कार्यकक्षमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएकी हुन् । 

अर्यालले एमालेले जुनसुकै विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरुले लगेको विधेयक पास नगर्ने गतिविधिहरुका कारण भण्डारी एमालेको मात्रै भएको बताउँदै नागरिकता विधेयक राष्ट्रपतिले संसद्बाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको बताइन् । 

दुई पटक लैजाँदा समेत विधेयक पास नगर्नु पीडादायी रहेको उनको भनाइ छ । अर्यालले राष्ट्रपतिले राष्ट्रपति जस्तो पदमा बसेर अरुको इसारामा नागकिरता विधेयक रोकेको दाबी गरिन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको