Like us!
Follow us!
Connect us!
Watch us!

ओलीले संसद विघटन ठीक थियो भनेपछि नयाँ विकल्प खोज्यौँ: प्रधामन्त्री दाहाल

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १६ : ३२ मा प्रकाशित

ओलीले संसद विघटन ठीक थियो भनेपछि नयाँ विकल्प खोज्यौँ: प्रधामन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ठीक थियो भनेपछि आफूहरूले नयाँ विकल्प खोजेको बताएका छन्।

आज (बिहीबार) दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूलाई सोच्न बाध्य बनाएको स्पष्ट पारेका हुन्। 

उनले भने, “अघिल्लो पटक संविधान विपरित संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्नु थियो। तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छ।”

यो गठबन्धन लोकतन्त्र र संविधानको हितमा रहेको उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले भने, “रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ। उहाँलाई स्वतन्त्र सांसदको पनि समर्थन छ। उनले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ।” 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको