Like us!
Follow us!
Connect us!
Watch us!

मोरक्कोले जारी गर्‍यो २.५ अर्ब डलरको ऋणपत्र

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १३ : ५५ मा प्रकाशित

मोरक्कोले जारी गर्‍यो २.५ अर्ब डलरको ऋणपत्र

मोरक्कोले अन्तर्राष्ट्रिय वित्तीय बजारमा २.५ २.५ अर्ब डलरको ऋणपत्र जारी गरेको छ । मोरक्कन समाचार एजेन्सी म्यापले हिजो (बिहीबार) जनाए अनुसार मोरक्कोको अर्थ र वित्तमन्त्री नादिया फेताह अलाउईले बन्डहरूलाई १.२५ अर्ब डलरको दुई किस्तामा विभाजन गरेकी थिइन् ।

ऋणपत्र जारी गर्ने सफलता ‘संकटको सन्दर्भमा मोरक्कन अर्थतन्त्रको लचिलोपनमा लगानीकर्ताहरूको विश्वासको प्रमाण हो,’ मन्त्री फेताहले बताएकी छिन् । मोरक्कन केन्द्रीय बैंकका अनुसार उत्तर अफ्रिकी देशको अर्थतन्त्र सन् २०२२ मा १.३ प्रतिशतले वृद्धि भएको छ र २०२३ मा ३.३ प्रतिशतले वृद्धि हुने अपेक्षा पनि गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको