Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगले भन्यो- राष्ट्रिय परिचयपत्रका आधारमा पनि राष्ट्रपतिलाई भोट हाल्न पाउने

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १६ : २१ मा प्रकाशित

निर्वाचन आयोगले भन्यो- राष्ट्रिय परिचयपत्रका आधारमा पनि राष्ट्रपतिलाई भोट हाल्न पाउने

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूले राष्ट्रिय परिचयपत्रका आधारमा पनि भोट हाल्ने पाउने भएका छन् । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा जानकारी दिएको हो।   

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता परिचयपत्र, संसद् सचिवालयको परिचय पत्र, सांसद निर्वाचित प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रमध्ये एक कागजात भएका मतदाताले मतदान गर्न पाउने बताए ।

आयोगली जारी गरेको विज्ञप्तिमा भनिएको छ“निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित संसद् सचिवालयबाट जारी भएको परिचयपत्र वा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।”  यही फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको