Like us!
Follow us!
Connect us!
Watch us!

उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक, शनिबार उम्मेदवारी मनोनयन

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १२ : ०७ मा प्रकाशित

उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक, शनिबार उम्मेदवारी मनोनयन

उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि (शनिबार) बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको हो। 

भोलि नै उम्मेदवारीविरुद्ध उजुरी दिन सकिने व्यवस्था समेत गरिएको छ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने आयोगले जनाएको छ । 

चैत ३ गते उपराष्ट्रपतिको मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादव उम्मेदवार बन्ने भएका छन् । जसपाको हिजो बिहिबार बसेको बैठकले उनलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको हो । यसअघि सत्ता गठबन्धनमा जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाउने सहमति भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको