महान चाड फागू पूर्णिमाको सुखद् उपलक्षमा, वेलकम एड्भरटाईजिङ्गले आफ्नै प्राङ्गणमा आपसी एकता, सद्भाव,भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिदैं “जीवन होलीका रगंहरुजस्तैं उज्यालो र रंगीन होस्” भन्ने नाराका साथ विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष एवं वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई उत्सवको पर्व होलीको शुभकामना सहित होलीको रंग लगाइदिदै उनले “जीवन होलीका रगंहरुजस्तैं उज्यालो र रंगीन होस्” भन्ने धारणा व्यक्त गर्दै यस्ता कार्यक्रमले कर्मचारीहरुबीच आपसी भाईचाराको राम्रो विकास हुनुका साथै आपसमा थप खुसी र विश्वास बढ्ने बताए ।
एक आपसमा रहेका मनमुटाब बिर्सिएर आपसी सम्बन्धलाई अझ सुमधुर बनाउने माध्यमको रुपमा यस चाडको छुट्टै विशेषता रहेको छ । परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा होली पर्व मनाइन्छ । कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रंगहरुमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियोे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस