Like us!
Follow us!
Connect us!
Watch us!

सिजनमा दैनिक लाखाैँ कमाउने ब्यूटीसियन सुष्मा महराकाे साैन्दर्यकाे यात्रा

भूमिका विष्ट

आइतबार, २१ फागुन २०७९, १४ : ३५ मा प्रकाशित

सिजनमा दैनिक लाखाैँ कमाउने ब्यूटीसियन सुष्मा महराकाे साैन्दर्यकाे यात्रा

१५ वर्षपछिको संघर्षपछि सौन्दर्य क्षेत्रमा चर्चित बनेकी छिन् सुष्मा महरा । सुष्मा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंकी कोषाध्यक्ष, फेसियल हाउसकी म्यानेजिङ् डायरेक्टर मात्र होइनन् उनी एक सफल महिला व्यवसायी पनि हुन्  । उनले आफ्नाे पार्लरमा ५० भन्दा बढीलाई रोजगारी दिइरहेकी छिन् ।

२०३६ सालमा काठमाडौं ७ मा जन्मिएकी सुष्मा महराको प्रारम्भिक शिक्षा गोकर्णस्थित सहयोगी उच्च माध्यमिक विद्यालयबाट भएको हो  । उनले एसएलसीपछिको बिदाको समयलाई सदुपयाेग गर्दै ब्यूटीशियन काेर्स लिईन् ।  द एन्जल पार्लरबाट उनकाे पार्लर यात्रा सुरू भयाे । त्यसपछि +२ पढ्दा पढ्दै उनकाे विवाह भयाे ।

विवाह पहिले नपाएको स्वतन्त्रता विवाहपछि पाएँ

 उनी भन्छिन् , "विवाह पहिले नपाएको स्वतन्त्रता विवाहपछि पाएँ । विवाहपछि श्रीमान मात्र होईन मेरो लक्ष्यलाई सहयोग गर्ने साथी पाएँ । श्रीमानको साथ सहयोग पाएँ ।" उनले श्रीमानकाे सहयोगमा चाइना, बैंकक, मलेसिया, भारत लगायतका देशहरूमा गएर ब्यूटीसियनको तालिमहरु लिइन्  । त्यसपछि आफू एक सक्षम ब्यिुटीसियन बन्न सक्ने भईन् । त्यती बेला पनि नेपालमा थुप्रै पार्लरहरु खुलिसकेका थिए ।  ती पार्लरहरूले भन्दा केही फरक गर्नुपर्छ भन्ने सोच उनीमा आयो  । उनले छालारोग विशेषज्ञ डाक्टर पदमा लामासँग स्किन सम्बन्धी २ वर्षीय कोर्स गर्ने सोचिन् र २ वर्षिय कोर्स पनि गरिन् । छालाको डाक्टरसँग सिक्दै गर्दा उनले धेरै नयाँ कुरा सिक्न पाइन् र त्यसपछि उनलाई आफ्नाे पार्लर अरुको भन्दा फरक हुन सक्छ भन्ने आँट आयो ।

आजभन्दा १५ वर्ष अगाडी सुष्माले ४० लाखकाे लगानीमा पार्लर खोलिन् । सुष्मा भन्छिन्, "काम गर्ने मेरो जाँगर देखेरै होला मेरो श्रीमानले पार्लरमा लगानी गरिदिनु भयो ।" सोही पार्लरको नामबाट सुष्मा आजको दिनसम्म आइपुग्दा सौन्दर्य क्षेत्रमा चर्चित बनेकी छिन् ।

अर्थसंसारकर्मी भूमीका विष्टले उनै सुष्मा महरासँग गरिएकाे कुराकानीकाे केही अंश तल प्रस्तु गरिएकाे छ :  

नेपालमा पार्लर व्यवसाय गरेर जीवन धान्न कतिको सहज छ ? 

सामान्य जीवन धान्न सजिलो नै छ । तर पार्लरबाट धेरै गर्न सकिन्छ भन्नेहरूका लागि चुनौती पनि धेरै नै छ । किन भने अहिले याे क्षेत्रमा एकदमै टफ कम्पिटिसन छ । प्रतिस्पर्धा पनि राम्रो खालको छैन ,जस्तै कुनै पार्लरले कुनै प्रोडक्टको सेवा कुनै एक निश्चित मूल्यमा गरिरहेको छ भने अर्को पार्लरले उसको व्यवसाय घटाउन त्यही प्रोडक्ट एकदमै थोरै मुल्यमा दिइरहेको हुन्छ  । यसले व्यवसायीहरुबीच नै एक प्रकारको डाहा पलाइरहेको छ । यसका साथै आफू पनि भाडा मै बसिरहेको छ र उसको पार्लर व्यवसाय पनि रेन्टमै छ भने त्यस्तो अवस्थामा निकै गाह्रो छ  ।  किन भने नेपालमा साना व्यवसायहरुहरुलाई सरकारले हेर्दैन । जस्तै भर्खरै गएको कोभिडको समयलाई पनि हेर्न सकिन्छ । कोभिडमा म आफैले तिन वटा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको थियो । त्यसैले यो व्यवसाय निकै चुनौतिपूर्ण पनि रहेको छ ।

अहिले तपाईको पार्लरमा कति जनालाई रोजगारी दिइरहनुभएको छ ?

फेसियल हाउसमा अहिले ४० भन्दा बढीले  रोजगारी पाइरहेका छन् । त्यसका साथै इन्टर्न गर्नेहरु पनि थुप्रै रहेका छन् ।  सबै जना मिलाउने हो भने ७० जना कार्यरत रहेका छन् ।

दैनिक आम्दानी कति जती हुन्छ नी ?  

दैनिक आम्दानी यती नै हुन्छ भन्न थोरै गाह्रो छ । किन भने पार्लरको सिजनको बेला जस्तै विवाहको महिनाहरुमा दिनकै लाखौँ रुपैया पनि हुन्छ । नर्मल दिनहरुमा भने ठिकैको व्यवसाय हुन्छ । व्यापार एकदमै थोरै भयो भने १० हजार मात्रै पनि हुन सक्छ । व्यवसाय घाटामा भने गएको छैन  । 

नेपालमै उत्पादन हुने सौन्दर्यका समाग्रीहरुलाई प्रवद्धन गरिरहनु भएको छ की ? विदेशी सौन्दर्य सामाग्रीलाई बढी प्राथमिकता दिइरहनु भएको छ ?

छालामा समस्या लिएर आउनेहरुलाई छाला विशेषज्ञ डाक्टरहरुले जुन सनबल्कहरु लगाउने सल्लाह गरेका हुन्छन् म त्यही नै चलाइरहेको हुन्छु । ती कहिले मिडील नेपालका पर्छ भने कहिले मिडिल इन्डिया पनी पर्न जान्छन्  । पार्लरमा टेस्टर छ यदी नेपालमा बनेको प्रोडक्ट राम्रो छ भने पहिलो प्राथमिकता नेपाली प्रोडक्टलाई नै दिइन्छ । बाहिरबाट आएका प्रोडक्टहरुलाई महँगो कर पनि तिर्नुपर्ने हुन्छ । ती प्रोडक्ट हामीले खरीद गर्दासम्म महँगो भइसकेको हुन्छ । ग्राहकहरुलाई बिक्री गर्दा पनि ती प्रोडक्टहरु निकै नै महँगो हुन जान्छ  ।

ग्राहकहरू नेपालमा उत्पादन हुने सौन्दर्यका सामाग्रीहरु प्रयोग गर्न रुचाउँछन् ,की विदेशी ब्रान्डका प्रोडक्टहरु प्रयोग गर्न बढी रुचाउँछन् ?

नाम चलेका नेपाली प्रोडक्टहरु सहजै ग्राहकहरुले प्रयोग गर्ने गर्छन् तर कतिपय नाम नचलेका नयाँ तर राम्रै प्रोडक्टहरुमा ग्राहकहरुले विश्वास नै गरिरहेका हुँदैनन् । ग्राहकहरुलाई नेपालका प्रोडक्टहरुमा कन्भेन्स गराएर प्रोडक्ट प्रयोग गर्नुस् भन्नुपर्ने  अवस्था छ । किनभने उनीहरु नेपाली प्रोडक्टहरुलाई विश्वास नै गरिरहेका हुँदैनन् । विदेशी प्रोडक्टहरुको धेरै नै प्रचारप्रसार भइरहेको हुन्छ, जसकारण ग्राहकहरुले ती नामहरु सुनेर प्रोडक्ट जस्तो भएनी खोज्दै आउने गर्छन् । नेपालमा बनाएका प्रोडक्टहरुलाई खासमा सरकारले प्रमोट गरिरहेको हुँदैन  । सानो सानो उद्योग खोलेकाहरूलाई पनि प्रमोर्ट गर्ने हो भने मात्रै बजारमा नेपाली उद्यमीहरुले आफ्नाे प्रोडक्ट बिक्री गर्न सक्छन् ।  कतिपय नेपाली प्रोडक्टहरु राम्रो भएपनि प्याकेजिङ राम्रो हुँदैन जसकारण ग्राहकहरू राम्रो प्याकेजिङ भएको विदेशी प्रोडक्टहरुमा बढी विश्वास गरिरहेका हुन्छन् । अहिले विदेशी प्रोडक्टहरु नेपालमा बढी हावी भइरहेको पनि देखिन्छ ।

पार्लर व्यवसायमा १५ वर्ष पहिले र  अहिले कतिको भिन्नता पाउनु भएको छ ?

पहिला विज्ञापनको माध्यम भनेको रेडियो हुन्थ्यो रेडियोमा सौन्दर्य सम्बन्धी कुनै कार्यक्रम भए जाने गर्थे र सौन्दर्यका टिप्सहरु पनि त्यसरी नै दिन्थे तर अहिलेको समयमा इन्टरनेटले गर्दा प्रचारप्रसारको माध्यम धेरै नै राम्रो भएको छ । अहिले म आफैँले पनि टिकटकबाट धेरैलाई ब्यूटी टिप्सहरु दिइरहेको हुन्छु ।

पछिल्लो समयमा छ्याप्छ्याप्ती पार्लरहरु खोलिरहेका छन् यसलाई नियमन गर्ने निकाय कुन हो ?

पार्लरहरूलाई नियमन गर्ने निकाय भनेको घरेलु तथा साना उद्योगले हो । तर निकायले नियमित निरिक्षण गरिरहेको अवस्था भने छैन । कहिलेकाहीँ चाडबाड जस्तै गरी मात्रै निरीक्षणमा आइरहेका हुन्छन्  । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको