Like us!
Follow us!
Connect us!
Watch us!

बलिउड अभिनेता अरशद वारसी र उनकी पत्नीलाई सेयर बजारमा कारोबार गर्न प्रतिबन्ध

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १३ : ३९ मा प्रकाशित

बलिउड अभिनेता अरशद वारसी र उनकी पत्नीलाई सेयर बजारमा कारोबार गर्न प्रतिबन्ध

सेक्यूरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) ले बलिउड अभिनेता अरशद वारसीमाथि कारवाही गरेको छ। सेबीले अभिनेता वारसी र उनकी पत्नीलाई सेयर बजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको हो। सामाजिक सञ्जालमार्फत सेयर खरिद गर्ने सुझाव दिने एक भ्रामक भिडियोको आधार यो कदम चालिएको भारतीय मिडियाले उल्लेख गरेको  छ।

सेबीलाई साधना ब्रोडकास्टको सेयर मूल्यमा हेरफेर भइरहेको गुनासो आएको थियो। यो काम गरिरहेका संस्थाले पनि सेयर बिक्री गरिरहेका छन्। यस विषयमा अनुसन्धान गर्दै बजार नियामकले गत बिहीबार अभिनेता अरशद वारसी, उनकी श्रीमती मारिया गोरेटी र साधना ब्रोडकास्टका प्रवर्द्धकसहित ४४ संस्थालाई धितोपत्र बजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ। 

पीटीआई रिपोर्टका अनुसार, सेबीलाई प्राप्त भएका गुनासोहरूमा यो आरोप लगाइएको थियो कि भ्रामक सामग्रीसहितका ती भिडियोहरू लगानीकर्ताहरूलाई प्रलोभनमा पार्ने उद्देश्यले अपलोड गरिएको थियो। यी उजुरीहरूमाथि सेबीले गत वर्ष अप्रिल–सेप्टेम्बरसम्म सो विषयमा अनुसन्धान थालेको थियो। भिडियो अपलोड भएपछि साधना ब्रोडकास्टको शेयरको मूल्य आकाशिएको र प्रवर्द्धकले मनग्य आम्दानी गरेको अनुसन्धानले देखाएको छ।

यस बाहेक सेबीले भिडियो मार्फत कमाएको करिब ५४ करोड रुपियाँ अवैध नाफा जफत गर्ने आदेश पनि जारी गरेको छ। रिपोर्टका अनुसार यस मामिलामा अरशद वारसीले २९.४३ लाख रुपियाँ नाफा कमाएका थिए भने उनकी श्रीमतीले ३७.५६ लाख रुपियाँ नाफा कमाएकी थिइन्। यसबाहेक इकबाल हुसेन वारसीले ९.३४ लाख रुपियाँको फाइदा उठाएका थिए। सेबीले आफ्नो अन्तरिम आदेशमा, ती युट्युब भिडियोहरूले गलत र भ्रामक समाचारहरू फैलाउँने बताएको छ। उनीहरुले लगानीकर्तालाई असाधारण मुनाफाको प्रलोभन दिएर साधनाको स्टक खरिद गर्न प्रेरित गरेको सेबीको भनाई छ।

यस मामिलामा जारी गरिएको युट्युब भिडियोमा लगानीकर्तालाई प्रलोभनमा पार्न अडानी समूहले साधना ब्रोडकास्ट लिमिटेडलाई किनेको र त्यसलाई अधिग्रहण गर्न लागेको बताइएको छ। भिडियोमा सम्झौतापछि कम्पनीको मार्जिन बढ्ने दाबी गरिएको छ। पीटीआईका अनुसार यो युट्युब भिडियो रिलिज भएपछि साधना ब्रोडकास्टको मूल्य र ट्रेडिङ्ग भोल्यूम निकै बढेको थियो। यसैबीच शेयरधनी, प्रवर्द्धकहरूले आफ्नो शेयरको ठूलो हिस्सा, बढेको मूल्यमा बेचेर नाफा कमाएका थिए।

यद्यपि अरशद वारसीले यो सम्पूर्ण विषयमा ट्वीट गरेका छन्। उनले सञ्चारमाध्यममा आएका समाचारलाई विश्वास नगर्न बताएका छन्। वारसीले आफु र आफ्नी श्रीमतीलाई सेयर बजारको बारेमा कुनै जानकारी नभएको ट्वीटमा उल्लेख गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको