Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक अन्यौलताको प्रभाव सेयर बजारमा, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १५ : १३ मा प्रकाशित

राजनीतिक अन्यौलताको प्रभाव सेयर बजारमा, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

नेपाली राजनीतिमा अन्यौलता र अस्थिरता बढदै छ । यसको असर सेयर बजारमा पनि देखिएको छ । राष्ट्रपतिको चुनावपछि बजारमा केहि सुधार हुने आँकलन गरिएको छ। यसकारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।  

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से ३०.७७ अंकले घटेको नेप्से १ हजार ९ सय ३८ दशमलव २५  विन्दुमा बन्द भएको हो। 

गत साताको अन्तिम दिन बिहिबार भने २६.४८ अंकले घटेको नेप्से १ हजार ९ सय ६९ दशमलव ०१ विन्दुमा बन्द भएको थियो। आज नेप्सेमा एक अर्ब ३९ करोड २३ लाख ५४ हजार बराबरको कारोबार भएको हो । 

आज कारोबार भएका कम्पनीमध्ये १८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १९६ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । नेप्से घटे पनि हिमालयन डिष्टिलरी लिमिटेडले अब्बल कारोबार गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको