Like us!
Follow us!
Connect us!
Watch us!
राजतन्त्र संविधान सभाले हटाएको थियो

ओलीको प्रश्न- संविधान सभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र ?

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १६ : २१ मा प्रकाशित

ओलीको प्रश्न- संविधान सभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र ? भन्दै प्रश्न गरेका छन् । आज (आइतबार) सुखानी सहिद स्मृति दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य नगरको दाबी समेत गरे। ओलीले २०६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटाएको सुनाए ।

उनले २०५२ सालपछि राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको आरोप लगाए । उनले भने,‘नेपालमा भएको के थियो के प्राप्तिको लागि मारिए ? बहुदलीय व्यवस्था आएकै थियो । के को लागि मारिए त भन्दा अनौठो छ । आज गणतन्त्रका लागि भनिन्छ । ०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो । ०६३ सालमा वृहत शान्ति सम्झौता भयो कात्तिकमा ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको