निजी क्षेत्रका प्रतिनिधिहरुले सत्ता समीकरणमा आएको फेरबदलसँगै अर्थ मन्त्रालय नेतृत्वविहीन भएको भन्दै तत्काल नयाँ मन्त्री नियुक्तिको माग गरेका छन् ।
अर्थतन्त्र संकटमा रहेको अहिलेको अवस्थामा अर्थतन्त्र बारे सुझबुझ भएको अनुभवी व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्वेवारी दिनुपर्नेमा उनीहरुको जोड छ । राजनीति भन्दा पनि अर्थतन्त्र बुझेको अनुभवी अर्थशास्त्री अर्थतमन्त्री हुनुपर्ने निजी क्षेत्रको सुझाब छ ।
‘टेक्नोक्र्याट’ अर्थमन्त्री भए कुरा बुझ्ने र समस्या समाधान गर्न सजिलो हुने बुझाइ निजी क्षेत्रको छ । प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ सँगको छलफलमा आइतबार नेपाल उद्योग परिसंघको अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ अर्थमन्त्री नियुक्तिमा विलम्ब नगर्न आग्रह गरेका हुन् । आजको कारोबार दैनिकबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस