Like us!
Follow us!
Connect us!
Watch us!

कात्तिकमा मात्रै ७८ करोड थप बजेट निकासा तथा रकमान्तर, कहाँ कति ?

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, ०६ : ११ मा प्रकाशित

कात्तिकमा मात्रै  ७८ करोड थप बजेट निकासा तथा रकमान्तर, कहाँ कति ?

एक महिनामा अर्थ मन्त्रालयले ७८ करोड रुपैयाँ बराबरको आर्थिक सहायता, थप निकासा, रकमान्तर तथा स्रोत सहमति दिएको छ ।
कात्तिक महिनामा मन्त्रालयले सो बराबरको रकम शीर्षक बाहिरबाट भुक्तानी दिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट शीर्षक बाहिरबाट सो बराबर भुक्तानी दिएका हुन् । कात्तिक महिनामा सरकारले १० लाख आर्थिक सहायता, ६७ करोड ४१ लाख थप निकासा तथा १० करोड ७९ लाख रुपैयाँ बराबरको बजेट रकमान्तर गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कहाँ कति ?

सबैभन्दा धेरै बजेट निकासा आन्तरिक राजश्व कार्यालयहरु अन्तर्ग सर्वोच्च अदालतको फैसला बमोजिम आवका कोषबाट उपदान भुक्तानी गर्दा बढी कर कट्टी तथा दाखिला भएका कर रकमको सम्वन्धित व्यक्तिलाई फिर्ता गर्न रकमान्तर तथा निकासा भएको छ । कात्तिममा यस्तो शीर्षकको रकमान्तर ४० करोड २७ लाख ६४ हजार बढी रकम निकासा तथा रकमान्तर भएको छ ।

अर्थ मन्त्रालयले ८ करोड ७९ लाख ८३ हजार रुपैयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सुधार कार्यक्रममको रकम एकीकृत स्वास्थ्य पूर्वाधार कार्यक्रममा रकमान्तर गरेको हो । त्यस्तै, शहरी विकास मन्त्रालयलाई बस्ती विकास कार्यक्रमको २ करोड रुपैयाँ रकमान्तर गर्न अनुमति दिएको छ । कात्तिकमा २ शीर्षकमा १० करोड ७९ लाख रुपैयाँ रकमान्तर गरिएको छ । 

यसैगरी, अर्थ मन्त्रालयलले कात्तिक महिनामा ६७ करोड ४१ लाख रुपैयाँ थप बजेट निकासा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायतको संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिदाको भ्रमण खर्चको भुक्तानी गर्न परराष्ट्र मन्त्रालयलाई ४ करोड २९ लाख ५८ हजार थप बजेट निकासा गरेको छ ।

त्यस्तै, मंसिर १६ मा सम्पन्न हुने स्थानीय तह उप निर्वाचन २०८१ संचालनका लागि निर्वाचन आयोगलाई २१ करोड ८९ लाख थप रकम, निर्वाचन आयोगको गत आ.ब.को सृर्जित दायित्व भुक्तानी गर्न २८ लाख तथा कर्मचारीको निलम्बन अवधिको तलब भत्ता भुक्तानी गर्ने प्रयोजनार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ५१ लाख ४७ हजार थप रकम रकमान्तर तथा निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

मुद्दाको रोहमा वादी प्रतिवादीले अदालतमा राखेको कोर्ट फि तथा धरौटी वापतको रकम फिर्ता गर्न प्रयोजनार्थ उच्च अदालतहरु र जिल्ला अदालतहरुलाई ३६ लाख ३६ हजार रकम रकमान्तर निकासा गरेको छ । 

यस्तै, सरकारको निर्णय अनुसार संखुवासभा जिल्ला कारागारमा भएको घटनामा परी मृत्यु भएका विनोद तोलांगी र विकास श्रेष्ठ भन्ने (आकाश बलामी) को परिवारलाई ५/५ लाखका दरले आर्थिक सहायता प्रदान गरिएको अर्थले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको