Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बिमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब रुपैयाँ थप निकासा

अर्थ संसार

मंगलबार, २० फागुन २०८१, १२ : ३३ मा प्रकाशित

स्वास्थ्य बिमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब रुपैयाँ थप निकासा

अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा गर्ने निर्णय गरेका हुन् ।

जसमा स्वास्थ्य बिमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशु:ल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको