लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको इकाइमा आवेदन दिने समय थप भएको छ । कम्पनीले वैशाख ३० गतेदेखि निष्काशन गरिरहेको सामूहिक लगानी कोष एलएस होराइजन १२ को इकाईमा आवेदन दिने अवधि थप गरिएको हो ।
यसअघि निष्काशन बन्द छिटोमा जेठ ४ गते हुने भनिएकोमा न्यून आवेदन परेपछि अवधि थप गरेर जेठ १३ गतेसम्म कायम गरिएको हो । यद्यपि सो अगावै माग बमोजिम आवेदन परेमा जुनसुकै दिन निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ । यस अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १२ करोड इकाई बिक्रीमा ल्याइएको हो । जसमध्ये बिज पूँजीबापत १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा खुला गरिएको हो ।
यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यो लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १२ वर्षे अवधिको बन्दमुखी योजना हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस