नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र रक्षाका लागि आफ्नो पार्टी नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
राष्ट्रपति निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन आज (सोमबार) पार्टी मुख्यालय च्यासलमा सांसद्हरूलाई प्रशिक्षण दिने क्रममा उनले यस्तो सहकार्य गर्न तयार रहेको तर, त्यस्तो सहकार्य व्यक्तिगत स्वार्थका लागि नभई राष्ट्रिय स्वार्थका लागि हुनु पर्ने बताएका हुन्।
प्रशिक्षण दिँदै ओलीले भने, ‘लोकतन्त्रको रक्षा गर्ने सर्तमा एमाले कांग्रेससँग सहकार्य गर्न तयार छ । आफ्नो पार्टी व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन। तर, राष्ट्रिय स्वार्थका लागि भने सहकार्य गर्न तयार छ ।’
राष्ट्रपति निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि शुरु हुने भएको छ। निर्वाचन आयोगले आज राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाएको छ ।
२५ फागुनमा राष्ट्रपति पदको निर्वाचन हुँदैछ । एमालेका सुवास नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस