Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, ०६ : १९ मा प्रकाशित

बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओमा आवेदन दिने आज फागुन २३ गते अन्तिम दिन रहेको छ ।

लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेकाे छ भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कति दिने आवेदन ?

यस आईपीओमा आयोजना लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

काे हाे बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ। 

रेटिङ

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको