Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, ०६ : २७ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

प्रभु इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारण आज फागुन २३ गते काठमाडौँको तीनकुनेस्थित् प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुने छ । 

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित कुल ७.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले उक्त आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनार्थ कम्पनीले यही फागुन १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको