Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको विशेष साधारणसभा आज, मर्जर सम्बन्धि प्रस्ताव पारित हुने

अर्थ संसार

मंगलबार, २८ असार २०७९, ०६ : १८ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको विशेष साधारणसभा आज, मर्जर सम्बन्धि प्रस्ताव पारित हुने

प्रभु इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज (असार २८ गते) कम्पनीको केन्द्रिय कार्यलय प्रभु कम्प्लेक्स, तिनकुने काठमांडौमा बिहान ११ बजेबाट सुरु हुने छ ।

सभाले कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने गाभिने (Merger) तथा प्राप्ती (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्याङ्कन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियक्त गर्न, निजको पारिश्रमिक निर्धारण गर्न लगायतका मर्जर तथा प्राप्ती सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

कम्पनीले सभामा सहभागिको प्रयोजनका लागि असार २० गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको