Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा पाँच कम्पनीकाे बोनस सेयर सूचीकृत, कुनकाे कति ?

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, ०६ : ५४ मा प्रकाशित

नेप्सेमा पाँच कम्पनीकाे बोनस सेयर सूचीकृत, कुनकाे कति ?

लघुवित्त, फाइनान्स र बैङ्क गरी पाँच कम्पनीका कुल एक करोड ५५ लाख ५१ हजार ८५८ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा फस्र्ट माइक्रोफाइनान्स, आँधीखोला लघुवित्त, आईसीएफसी फाइनान्स, साबिक सेन्चुरी कमर्सियल बैङ्क र प्रभु बैङ्कको गरी कुल एक करोड ५५ लाख ५१ हजार ८५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रभु बैङ्कको ६.५० प्रतिशत बोनसबापतको ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैङ्कले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ६ दशमलव ५० प्रतिशत बोनस सेयर र १ दशमलव ५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

फस्र्ट माइक्रोफाइनान्सको १९ प्रतिशत बोनसबापतको १८ लाख ३२ हजार ५३५ दशमलव ५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

आँधीखोला लघुवित्तको ३० प्रतिशत बोनसबापतको तीन लाख ५७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५८ प्रतिशत नगद गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै आईसीएफसी फाइनान्सको ५ प्रतिशत बोनसबापतको पाँच लाख ६३ हजार ५५८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

साबिकको सेन्चुरी बैङ्कको ४ दशमलव ७५ प्रतिशत बोनसबापतको ४५ लाख ३८ हजार १०६ दशमलव ८७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैङ्कले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनस सेयर र शून्य दशमलव २५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको