Like us!
Follow us!
Connect us!
Watch us!

सरकारका वाणिज्य नीतिहरु तथ्यांकमा आधारित छैनन् : अर्थविद् वाग्ले

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १६ : २९ मा प्रकाशित

सरकारका वाणिज्य नीतिहरु तथ्यांकमा आधारित छैनन् : अर्थविद् वाग्ले

अर्थविद् तथा काठमाडौं विश्व विद्यालयका प्रोफेसर प्रा.डा.अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको स्पष्ट पारेका छन् । आज (मंगलबार) काठमाडौं विश्व विद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपन सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रा.डा. वाग्लेले यस्तो बताएका हुन् । 

सरकारले बनाउने वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको उनले बताए । उनले नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको बताए । उनले तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशम कति वस्तुहरु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी हुने बताए । 

प्रा.डा. वाग्लेले सम्मेलनमा सरकारले बनाएका वाणिज्य नीतिहरु किन प्रभावकारी नभएको भन्ने बारेमा कार्यपत्र प्रश्तुत गरिने बताए । नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको उनले बताए । सम्मेलन मंगलवार र बुधवार गरी दुई दिनसम्म चल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको