Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधि रोक्न सिबिफिनको माग

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १७ : ०१ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधि रोक्न सिबिफिनको माग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले  बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेको अराजक गतिविधिहरु रोक्न नेपाल सरकार तथा मातहतका निकायहरुलाई गम्भीर ध्यानाकर्षण गराएको छ। आज (मंगलबार) सिबिफिनले एक विज्ञप्ति जारी गर्दै अराजक गतिविधिहरु रोक्न नेपाल सरकार तथा मातहतका निकायहरुलाई गम्भीर ध्यानाकर्षण गराएको हो। 

बैंकिङ सेवा क्षेत्रमा भएका उच्छृंखल, अव्यवहारिक, अराजक गतिविधि रोक्न कडा निर्देशन जारी गर्न समेत सिबिफिनले माग गरेको छ । साथै कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अन्य विविध विश्व परिघटनाहरुको कारण उत्पादन, माग तथा आपूर्ति श्रृंखला विथोलिँदा विश्व अर्थतन्त्रमै शिथिलता छाएकोले त्यसको प्रभाव नेपालमा पनि परेको बताइएको छ। 

आन्तरिक तथा बाह्य कारणबाट नेपालको अर्थतन्त्रसमेत प्रभावित भइरहँदा सर्वसाधारणदेखि राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र समग्र लगानी कर्ताहरुमा चिन्ता बढेको सिबिफिनले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको