Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल महिला चेम्बरद्वारा ११३औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १७ : ४३ मा प्रकाशित

नेपाल महिला चेम्बरद्वारा ११३औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान

नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ । काठमाडौंको कमलपोखरीस्थित् रुसी संस्कृति केन्द्रमा चेम्बरले महिला उद्यमीहरुलाई सम्मान कार्यक्रमसहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । 

नेपाल महिला चेम्बरबाट सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ छिन् ।  
 
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले सामाजिक  संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद भएको बताइन् । आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घर परिवारकै साथ नपाउँदा हरेक जसो क्षेत्रमा अगाडि बढन कठिन र चुनौतीपूर्ण हुने गरेको खतिवडाले बताइन्। राजनीतिक दलका नेताहरु जिम्मेवार नहुँदा राजनीतिकर्मी महिलाहरु समेत अवसरबाट बन्चित हुनु परेकोमा रोष प्रकट गर्दै संविधान बनाउनेले नै कानुन उल्लंघन गरेको खतिवडाले जिकिर गरिन्। 

त्यसैगरि नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरु पछाडी पारिएको जिकिर गर्दै उनीहरुलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण रुपमा अगाडि ल्याउनुपर्नेमा जोड दिए । पुरुषका तुलनामा महिलाहरुलाई कम ज्याला दिने गरिएको भन्दै अग्रवालले विभेदको अन्त्य गर्नुपर्नेे औल्याए ।  

सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक बर्ष हुने यस्ता कार्यक्रमले महिलाहरुलाई अघि बढन हौसला मिल्ने बताइन् । अधिकाँश महिलाहरु विभिन्न प्रकारका विभेद र उत्पिडनमा पिल्सिरहन वाध्य रहेको अध्यक्ष श्रेष्ठले बताइन् । महिलाहरुलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागीता एवम् प्रतिनिधित्व अर्थपूर्ण हुने श्रेष्ठको भनाई छ । महिलाहरु अझै पनि हिँसामा पर्नेगरेको घटनाको स्मरण गर्दै उनले महिला सशक्तिकरणका निम्ती आर्थिक रुपमा स्वाबलम्बी बन्नुपर्नेमा जोड समेत दिइन् । 

नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले उत्पादनशिल क्षेत्रमा लगानी बिस्तार गरेर महिला उद्यमशिलताको विकास गर्नुपर्ने बताइन् । कृषि वस्तुको आयातमा रोक लगाउनुपर्ने भन्दै अधिकारीले आत्मनिर्भर कृषिका लागि पहल गर्नुपर्ने बताइन् । महिलाहरुलाई समान अवसर दिनुपर्नेमा अधिकारीले जोड दिइन् । राष्ट्र संघले नारी दिवसका लागि यो वर्ष ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी’ भन्ने नारा तय गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको