Like us!
Follow us!
Connect us!
Watch us!

आज ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा, सेयर कारोबार नहुने

अर्थ संसार

बुधबार, २४ फागुन २०७९, ०६ : ५४ मा प्रकाशित

आज ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सरकारले सार्वजनिक विदा दिएकाले आज नेपाल स्टक एक्सचेन्ज समेत बन्द रहने भएकाले सेयरको दोस्रो बजार कारोबार समेत बन्द रहने छ । 

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

मन्त्रालयले संघीय सरकारका सबै  निकाय, ७ वटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवं वडाहरु, नागरिक समाज लगायत सरोकारवाला सबैलाई दिवस मनाउन आह्वान गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको