Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्नेबारे अझै अनिर्णित छन् यी दल

अर्थ संसार

बुधबार, २४ फागुन २०७९, १० : ४६ मा प्रकाशित

राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्नेबारे अझै अनिर्णित छन् यी दल

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेश संसद्मा आबद्ध सबै राजनीतिक दलले कित्ता प्रष्ट पारेतापनि कतिपय राजनीतिक दलले कसलाई मत दिने भन्नेमा अझै अनिर्णित नै छन्।

भोलि (बिहीबार) हुने राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्मा रहेका तीन वटा दल र प्रदेश संसद्मा रहेका दुई दल गरी पाँच राजनीतिक दलले कसलाई मत दिने भन्नेबारे खुलेको छैन । 

यसरी खुल्न नसकेका संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् भने प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टी रहेका छन् ।

राष्ट्रपति निर्वाचनको बारेमा निर्णय गर्नका लागि राप्रपाले भोलि ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राप्रपाको बैठक आज पनि बस्दैछ । राजावादी दल आरपीपीले नेम्वाङलाई मत हाल्ने सम्भावना रहेपनि उक्त दल तटस्थ बस्ने सम्भावना देखिएको छ । आरपीपीमा एमाले उम्मेदवार नेम्वाङलाई समर्थन गर्ने पक्षमा अध्यक्ष राजेन्द्र लिङ्देन उभिएपनि बहुमत पदाधिकारी कसैलाई पनि मत नदिने पक्षमा छन् ।

रास्वपाले पनि भोलि बिहान संघीय संसदीय दलको बैठक बोलाएको छ । दुवै पक्षले सो बैठकबाट खुल्ने निर्णय लिने तयारी गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ नौ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार छन् भने प्रतिपक्षी दलबाट नेकपा एमालेका सांसद सुवास नेम्वाङ छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको