Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाको अवरोधपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, ११ : ३१ मा प्रकाशित

राप्रपाको अवरोधपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित

प्रतिनिधि सभाको बुधबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बोल्न नपाएको भन्दै बैठक अवरुद्ध गरेका छन् । बैठक सुरु भएको सुरुमै बोल्न समय नदिएको भन्दै राप्रपाले अवरुद्ध गरेको हो । 

राप्रपाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले उठेर नाराबाजी गरेका थिए । सभामुख देवराज घिमिरेले प्रि(बजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्मिक समय नराखिएको बताए ।

राप्रपा सांसदले पटक(पटक समय माग्दा पनि सभामुखले समय नदिएर स‌ंसद्को नियमित कामकारबाही अघि बढाउन खोजेपछि राप्रपा सांसदहरूले अगाडि आएर नाराबाजी गरेका हुन् । संसद्मा राप्रपाको अवरोध जारी रहेपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको