Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति कुनै दल विशेष र सरकारको आदेशमा चलेको छः राजेन्द्र लिङ्लेन

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १४ : ०१ मा प्रकाशित

राष्ट्रपति कुनै दल विशेष र सरकारको आदेशमा चलेको छः राजेन्द्र लिङ्लेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्लेनले राष्ट्रपति कुनै दल विशेष र सरकारको आदेशमा चलेको बताएका छन् । उनले आज बसेको संसद बैठकलाई अवरोध गर्दै राष्ट्रपति कुनै दल विशेष र सरकारको आदेशमा चलेको बताएका हुन् । 

“राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा र आज्ञापालक होइन । दलको निर्देशनमा चलेको राष्ट्रपति संस्थाको औचित्यको प्रश्न छ”, उनले भने, “जुन प्रक्रिया र जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो, त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भत्र्सना र विरोध गर्दछ । हामी चाँडोभन्दा चाँडो त्यसलाई प्रक्रियामा ल्याएर संसद्बाट अगाडि बढोस् भन्ने चाहान्छौँ ।” 

लिङ्देनले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट भएको आममाफीका विषयमा पनि प्रश्न उठाए । प्रतिपक्ष दलको विरोधपछि प्रतिनिधिसभाको अर्को बैठक आजै एक घण्टापछि बस्नेगरी स्थगित भएको छ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको