Like us!
Follow us!
Connect us!
Watch us!

भेडेटारमा ३० करोड लगानीमा सिसाको 'स्काई वाक' बन्दै

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, ११ : २० मा प्रकाशित

भेडेटारमा ३० करोड लगानीमा सिसाको 'स्काई वाक' बन्दै

भेडेटारमा सिसाको 'स्काई वाक' बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ  । 

वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो  परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए ।

स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्छन् । सिसाको स्काइ वाकको तल भिर भएकाले झन् 'थ्रील' अनुभव हुने पोख्रेल बताउँछन् ।

भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् १२०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए । परियोजना साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुन्सरीको सिमानामा पर्दछ । परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति  दिएको शर्माले बताए । 

काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको 'स्काई वाक टावर' र इलामको कन्याममा निर्माण भइ सञ्चालनमा आइसकेको 'कन्याम क्लाउड' नामको स्काई वाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको