Like us!
Follow us!
Connect us!
Watch us!

एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १७ : ४७ मा प्रकाशित

एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको एक्सप्लोर नामक नँया ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले यसको विक्री वितरण आरम्भ गरेको हो । नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ठ गुणहरु एवं विशेषताहरुले सम्पन्न भएको बताइन्छ ।

कम्पनीको अनुसार ‘स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बीनेसन प्रणाली, एवं लिड क्याल्सिएम प्रविधि जस्ता अत्याधुनिक विशेषताहरु भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नु पर्दैन । फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको छ।’  

‘यसैगरी, ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झटलाइ टाढा राख्दछ ।’      

एक्साइड ब्राण्डको नेपालस्थित एक मात्र विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.यस एक्सप्लोर ब्याट्रीले चाँडै धेरै भन्दा धेरै ग्राहकहरुको पहिलो रोजाई बनी बजारको उल्लेखनीय हिस्सा ओगट्नेमा विश्वस्त छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको