Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले ‘इन्टेरियर डिजाइनर’सम्बन्धी नीति नबनाउँदा विदेशी डिजाइनरको प्रभाव बढ्यो– बिन्द्रा प्रधान

भूमिका विष्ट

शनिबार, २७ फागुन २०७९, १० : ३३ मा प्रकाशित

सरकारले ‘इन्टेरियर डिजाइनर’सम्बन्धी नीति नबनाउँदा विदेशी डिजाइनरको प्रभाव बढ्यो– बिन्द्रा प्रधान

२७ बर्षदेखी नेपालमा ‘इन्टेरियर डिजाइनर’ भएर काम गर्दै आएकी बिन्द्रा प्रधानले ‘इन्टेरियर डिजायनर’हरुका लागि नेपाल सरकारले कुनै नीति नियम नबनाई दिँदा सो पेशाका व्यक्तिहरु मर्का पर्ने गरेको बताएकी छिन् । उनले यसरी कर नै नतिरी भारतलगायत अन्य देशका इन्टेरियर डिजाइनरहरुले नेपालमा लाखौं रुपैयाँ आम्दानी गरिरहेको बताइन् ।

यसकारण देशकोे अर्थतन्त्रमा निकै ठूलो चूनौती थपिनेमा उनी चिन्तित छिन् । बिन्द्रा प्रधान ‘किङ इन्टरप्राइजेज’ संथापक हुनुका साथै ‘इन्टेरियर डिजाइनर अफ आइडिया नेपाल’की अध्यक्ष पनि हुन् । 

बिन्द्रा भन्छिन्, सरकारले इन्टेरियर डिजाइनरलाई ठाउँ दिन आवश्यक छ । सरकारले १० देखी १६ वर्षको आनुभव भएकाहरुका लागि नेपालको सरकारी कार्य क्षेत्रमा अनिवार्य गरिदिन पनि आवश्यक छ । ‘इन्टेरियर डिजायनर’हरुलाई प्रथमिकता दियो भने देशमा गुणस्तरीय काम हुनेछ । यसका साथै नेपालमा अहिले  बाहिर मुलुकका थुप्रै ‘इन्टेरियर डिजाइनर’हरु नेपालमा आएर काम गरिरहेका छन् ।  इन्टेरीयर डिजाइनरलाई लिएर सरकारले कुनै पनि नीति नियम नबनाएको हुदाँ यसरी कर नै नतिरी भारतलगायत अन्य देशका इन्टेरियर डिजाइनरहरुले नेपालमा लाखौं रकम आम्दानी गरिरहेका छन् । यसले देशकोे अर्थतन्त्रमा ठूलो चुनौती थपेको देखिन्छ । यसमा सरकारको ध्यान आर्कशको आवश्यकता रहेको छ ।’  

२०२९ साल भदौं १४ गते पाथलीमा जन्मेकी थिइन बिन्द्रा प्रधान । पाँच जना दाजु बहिनी मध्यकी महिला हुन् उनी । उनको आमा बुबाको थापाथली मै आफनै व्यवसाय थियो । उनको परिवार आर्थिक रुपले बलियो थियो । उनको प्रारम्भिक शिक्षा त्रिपुरेश्वरस्थित् विश्व निकेतनबाट भएको हो । ४६ सालमा एसएलसी पास गरेकी बिन्द्राले सानेपाको मोर्डेन इन्डियन स्कुलबाट +२ गरेकी हुन् । त्यसपछिको पढाइको लागि उनी भारत गइन् । त्यहाँ उनले भारतको राजधानी दिल्लीमा रहेको ‘इन्टरनेशनल पोलिटेक्निक फोर वुमन’ कलेजबाट उनले इन्टेरियर डिजाइनरको ३ बर्षिय डिप्लोमा कोर्स पढिन् । र, सँगै दिल्ली युनिभर्सिटीबाट उनले कमर्समा स्नातक हासिल गरिन् । पढाई पुरा भइसकेपछि सन् १९९५ मा उनी नेपाल फर्किइन्  ।   

नेपाल आएपछि  सन् १९९५ मा उनले आफनै पहिलो अफिस सञ्चालन गरिन् ।  जसको नाम ‘प्रफेक्ट इन्टेरियर डिजाइनर’ थियो । यसैबाट उनले ७ बर्ष जती फ्रिल्यान्सको काम गरिन् ।  ‘प्रफेक्ट इन्टेरियर’ बन्द गरेपछि उनले वि.स. २०६० मा ‘किङ इन्टरप्राइजेज’ खोलिन् । अहिले बिन्द्राको ‘किङ इन्टरप्राइजेज’ कम्पनीमा १५ जना कार्यरत छन् । आजको दिनसम्म आइसक्दा बिन्द्राले इन्टेरियर डिजाइनरको काम गर्न थालेको २७ बर्ष भइसकेको छ । उनी इन्टेरियर डिजाइनर अफ आइडिया नेपालको अध्यक्ष पनि हुन् । अर्थ संसारले इन्टेरियर डिजाइनर बिन्द्रा प्रधानसँग गरेको कुराकानीको पूर्ण अंश तल प्रश्तुत गरिएको छः

कतिको लगानीमा ‘इन्टेरियर डिजायनर’को अफिस खोल्न सकिन्छ ? 

‘इन्टेरियर डिजायनर’को अफिस खोल्न धेरै पैसा चाहिँदैन सुरुमा एक लाख मात्रै भए पनि पुग्छ । इन्टेरियर डिजाइनर पढेकाहरुले सहजै अफिस खोल्न सक्छन् । त्यसको लागि एक ल्यापटप भए घरमै बसेर पनि काम गर्न सकिन्छ । किङ इन्टरप्राइजेज खोल्ने बेला मैले  पाँच लाख बराबरको लगानीमा खोलेको थिए  । त्यतीबेला मैले वर्षमा पाँच करोड बराबरको कम गर्न पाइन्थ्यो । 

इन्टेरियर डिजाइनरले कसरी कम गर्छ ? घर बनाउँदा इन्टेरियर डिजायनरको सल्लाह किन आवश्यक छ ? 

धेरै मानिसहरुले घर बनाइसकेपछि इन्टेरियर डिजाइनर खोज्छन् । उनीहरुको सोचाइमा इन्टेरियर डिजाइनर भनेको घर बनाइसकेपछि घर भित्रको सजावटको लागि मात्रै इन्टेरियर डिजाइनरको आवश्यकता पर्छ भन्ने छ । तर, इन्टेरियर डिजाइनरको काम घर भित्रको सजावट मात्र होइन् । इन्टेरियर डिजाइनरले घर बनाउनु पहिले नै कुनै एक घरलाई कसरी सुन्दर बनाउन सकिन्छ र कुन बस्तु राख्न कति ठाउँ छोड्नु पर्छ भनि घर बनाउनु पहिले नै सल्लाह दिन्छ । त्यसैले घर बनाउनु पहिले नै इन्टेरियर डिजाइनरको सल्लाह लिन जरुरी छ । इन्टेरियर डिजाइनरले पहिले स्पेसको डिजाइन गर्छ । जस्तै, कुनै ग्रहाक छ उसलाई बेडरुमको डिजाइन चाहियो हो भने । उसको कोठामा फर्निचरहरु कति चाहिन्छ ,या कुन फर्निचरहरु आवश्यक चाहिँदैन, जस्ता कुराहरु सोध्छ ।  इन्टेरियर डिजाइनरले योजना बनाउँदा उसको बेडको साइज कस्तो हुनुपर्ने हो, सोफाको साइज, टेवल साइज, ऐनाको साइज, बत्ती कुन साइज र कुन वार्टको हुनुपर्छ ।  जस्ता कामहरु इन्टेरियर डिजाइनरले डिजाईन गर्छ । त्यसपछि घरको डिजाइनमा लाग्ने खर्चको बिल बनाएर घर धनीलाई दिन्छ । यदी ती फर्निचरहरु घर धनीले इन्टेरियर डियनरबाटै खरिद गर्न चाहेको छ भने उसले त्यहाँबाट खरिद गर्छ । होइन् भने इन्टेरियर डिजाइनरले बनाइदिएको डिजाइन घर धनीले कुनै फर्निचर सो–रुममा गएर पनि फर्निचरहरू खरिद गर्न सक्छ । यदि घर धनीले ऋणमा घर बनाइरहेको छ भने इन्टेरियर डिजाइनरले उसको घरको डिजाइनमा लाग्ने खर्चहरु जोडेर कतिसम्म ऋण लिनु उपयुक्त हुन्छ भन्ने कुरा पनि जानकारी गराउन सक्छ । जस्तै उसको घरमा लाग्ने कलरहरूको मुल्य, पर्दाको मुल्य, लाइटको मुल्य ऐनाको मुल्य समग्रमा सबै फर्निचरहरूको मुल्यको बजेटिङ गरिदिन सक्छ ।  यसरी उक्त इन्टेरियर डिजाइनरले गुणस्तरयुक्त काम थोरै बजेटमा पनि गर्न सक्छ । यदी बजेट हाई छ भने त्यसको सदुपयोग पनि इन्टेरियर डिजाइनरले गर्न सक्छ ।  

इन्टेरियर डिजायनरको तबल कति तोकिएको हुन्छ ?   

इन्टेरियर डिजाइनरले लिएको काम बराबरको ज्यालाको लागि नेपाल सरकारले कुनैपनि नियम बनाइदिएको छैन । सरकारले कुनै निश्चित स्क्वायर फिट बारबरको यती नै पैसा लिनुपर्छ भन्ने नियम बनाइदिएको छैन । त्यसैले इन्टेरियर डिजाइनरले लिने ज्याला यती नै हो भन्ने छैन, डिजाइनरले आफनो मेहिनत अनुसारको ज्याला हुन्छ । आज भन्दा २७ बर्ष अगाडी काम सुरु गर्दा मैले २५ हजार लिएको थिए । भने अहिलेको समयमा लिइने रकम भनेको निकै बढ्न गएको छ । तर, यदी सरकारले इन्टेरियर डिजायनरहरुलाई ठाउँ दिने हो भने मनमानी कुनै पनि इन्टेरियरले रकम लिन पाउँदैन यसबाट सेवा लिने व्यक्तिहरुलाई पनि फाईदा हुनुका साथै बजारमा इन्टेरियर डिजाइनरहरुले पनि काम सजिलै पाउन सक्छन् । भने मनमानी रकम पनि असुल्न सक्दैनन् । 

अहिले इन्टेरियर डिजाइनरको बजार अवस्था कस्तो छ ? 

पहिला धेरै कम्पिटिशन थिएन, तर अहिले त्यतीकै कम्पिटिशन रहेको छ । अहिलेका इन्टेरियर डिजाइनरलाई काम गर्न त्यती सहज पनि छैन, किन भने अहिले इन्टरनेटमा सबै जना विभिन्न डिजइनहरु हर्ने गर्छन् र त्यही अनुसारको डिजाइनरको अपेक्षा गर्ने गर्छन् । पहिलेका इन्टेरियर डिजाइनरले जे आफुले क्रियशन गर्थे त्यही नै ग्रहाकलाई एप्रुप गर्न सक्थ्यौं  । यसरी एक डिजाइनरको भित्री कला मर्दैन थ्यो ।   

सरकारको तर्फबाट कस्तो सहयोग पाउनु भएको छ ?  कस्ता सहयोगको आपेक्षा गर्नुभएको छ ? 

अहिले इन्टेरियर डिजाइनरहरु बढिरहेका छन् । सरकारले इन्टेरियर डिजाइनरहरुलाई पुर्ण ठाउँ दिनुपर्छ । जस्तै सरकारी अफिस भित्र वर्षै पिच्छे कति अफिस पुर्ण रुपले चेन्ज भइरहेका हुन्छन् । तर, त्यहाँ इन्टेरियर डिजायनरको आवश्यकता पर्छ आर्के कुरा टेन्डर हो । टेन्डरबाट जतिपनि काम भइरहेको हुन्छ । जती पनि टेन्डरबाट कामहरु भईरहेको हुन्छ धेरै ठाउँहरुमा त्यो काम पुर्ण रुपमा भइरहेको देखिदैन् । जस्तै सरकारले सबैभन्दा कम रकममा काम गर्न सक्ने ठेकेदारहरुलाई टेन्डर दिन्छ । त्यो गर्दा उनीहरुले थोरै पैसा खर्च गरेर काम गर्छ । काम भइसके पछि कुनै पनि इन्टेरियर डिजाइनरले जाँच गरेको हुदैन् । जब की इन्टेरियर डिजाइनरले जाँच गरेर एपरुप गरेपछि ठेकेदारले काम पाएपछि मात्रै त्यो काम गुणस्तरीय हुन्छ । आज भोली विभिन्न ठाउँमा लागलागी भइरहेको हुन्छ थोरै बजेटमा हुन गएपछि यो समस्या आइपरेको पनि हुन सक्छ भन्न पनि सकिन्छ ।  

 सरकारले इन्टेरियरलाई ठाउँ दिन आवश्यक छ । सरकारले १० देखी १६ बर्षको आनुभव भएकाहरुलाई नेपालको सरकारी कार्य क्षेत्रमा अनिवार्य गर्न आवश्यक छ । इन्टेरीयर डिजायनर हरुलाई प्रथमिकता दियो भने, देशमा गुणस्तरीय काम हुनेछ । यसका साथै नेपालमा अहिले बाहिर देशका थुप्रै इन्टेरियर डिजायनरहरु नेपालमा आएर काम गरिरहेका छन् । इन्टेरीयर डिजाइनरलाई लिएर सरकारले कुनै पनि नीति नियम नबनाएको हुँदा यसरी कर नै नतिरी भारतलगायत अन्य देशका इन्टेरियर डिजाइनरहरुले नेपालमा लाखौं रुपैसा आम्दानी गरिरहेका छन् । यसले देशकोे अर्थतन्त्रमा निकै ठूलो असर पर्ने देखिन्छ । यसमा सरकारको ध्यान आर्कशको आवश्यकता रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको