Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है ! प्रभु स्मार्ट फण्डमा लगानी गर्ने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १० : १० मा प्रकाशित

छुट्ला है ! प्रभु स्मार्ट फण्डमा लगानी गर्ने आज अन्तिम मौका

प्रभु क्यापिटल लिमिटेडले फागुन १८ गतेदेखि निष्कासन गरेकाे 'प्रभु स्मार्ट फण्ड' नामक म्युचुअल फण्डमा लगानी गर्ने आज फागुन २८ गते, आइतबार अन्तिम दिन रहेकाे छ ।

२५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य बोकेको प्रभु स्मार्ट फण्डमा किन गर्ने लगानी ? विस्तृत विवरण हेर्नुहोस्

क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई मूल्य १० रुपैयाँ दरको ८० करोड रूपैयाँ बराबरकाे कुल ८ कराेड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत अर्थात् ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । याे बन्दमुखी याेजना हाे । यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिबाट १० वर्षसम्म रहनेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको