चालु आर्थिक वर्ष २०७९/०८० को सात महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सात महिनामा रेमिट्यान्स चार दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १६ दशमलव चार प्रतिशतले बढेर पाँच अर्ब ३० करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।
सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५७ दशमलव तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ जना पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस