हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू(भागका केही स्थानहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आँशिक बदली देखि सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति गण्डकी, कर्णाली र सुदुर(पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदुर-पश्चिम प्रदेशका पहाडी भू(भागमा एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस