Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घटाउने विकास बैंकहरुको निर्णय

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १३ : ३७ मा प्रकाशित

ब्याजदर घटाउने विकास बैंकहरुको निर्णय

विकास बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको आज बसेको बैठकले चैत १ गतेदेखि लागू हुने गरी विकास बैंकहरुको मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो । 

बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ ।  जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम हुनेछ। एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झरेको छ ।

त्यसैगरी, चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको