Like us!
Follow us!
Connect us!
Watch us!

एसएमएल इसुजुको कमर्सियल गाडीहरूका लागि फ्री सर्भिस क्याम्प

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १५ : ३९ मा प्रकाशित

एसएमएल इसुजुको कमर्सियल गाडीहरूका लागि फ्री सर्भिस क्याम्प

लक्ष्मी ग्रुपअन्तर्गत लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिनका लागि एसएमएल इसुजुका गाडीहरूको निःशुल्क सर्भिस क्याम्प शुरू गरेको छ । कम्पनीले एक हप्ताका लागि काठमाडौंको गुर्जुधारामा रहेको जीएफआई सर्भिस सेन्टरमा निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरेको हो । यो सर्भिस क्याम्प आज (फागुन २९ गते)देखि चैत ४ गतेसम्म सञ्चालन हुनेछ । यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले निम्नानुसारका सेवा तथा सुविधा पाउने छन् :

– अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको १००% फ्री चेकजाँच
– सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा पनि १००% छुट
– विशिष्टिकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५०% सम्मको छुट 
– लुब्रिकेन्टहरूमा १५% को छुट 
– स्पेयर पार्टसहरूमा ५०% सम्मको छुट 
– साथै, फ्री सर्भिस क्याम्पमा आउने ग्राहकहरू तथा चालकहरू लागि विशेष गिफ्ट

सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरूका लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको छ । गाडीहरूमा भएको परिवर्तन र सञ्चालन विधिसम्बन्धी तालिम सञ्चालन गर्न लागिएको हो ।

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरू लिएर आएर विभिन्न छूट तथा तालिम प्राप्त इन्जिनियरहरूबाट चेकजाँच गराई सुविधा लिन लक्ष्मी कमर्सियल भेहिकल्सले अनुरोध गरको छ ।  

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औधोगिक तथा व्यापारिक घराना हो ।

लक्ष्मी ग्रुप हुन्डाइका प्यासेन्जर कारहरू, बीएमडब्लुका कारहरूको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरू र एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक वितरक भै कार्य गरिआएको छ । 

लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ ।
यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरू नेपालमा आयात गरी नेपालको बजारमा बिक्री वितरण गर्ने र उक्त गाडीहरूलाई बिक्रीपछिको सेवा पनि दिँदै आएको छ । एसएमएल इसुजुले १४ सिट क्षमतादेखि ५५ सिट क्षमतासम्मका स्कूल बस, स्टाफ बस तथा ३ टनदेखि ९ टन क्षमताका ट्रकहरू र ३ देखि ६ क्युबिक मिटर क्षमताका टिप्पर बजारमा छन् ।

मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरू नेपालमा ग्राहकको रोजाइमा पर्न सफल भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको